विराटनगरमा एकैदिन ५० संक्रमित थपिए, कुन वडामा कति ?

विराटनगर । विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ५० जना कोरोना संक्रमित थपिएका छन् । महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् ।

विराटनगरमा दुई पत्रकारसहित २१ महिला र २९ पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलबार सबैभन्दा धेरै ६ नम्बर वडामा ९ जनामा संक्रमण देखिएको छ । यस्तै अहिलेसम्मकै धेरै संक्रमित देखिएको ७ नं. वठामा ७ जना संक्रमित थपिएका छन् । योसँगै सो वडामा मात्र कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

विराटनगर १ मा ३ जना, २ मा २ जना, ३ मा ३ जना, ५ मा ५ जना, ७ मा १ जना, ८ मा ३ जना र १० मा १ जनामा संक्रमण पुष्टि भएको छ । ११ मा २ जना, १२ मा १ जना, १३ मा २ जना, १५ मा २ जना, १७ मा ८ जना र १८ मा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३४२ पुगेको छ । जसमध्ये ६९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

मङ्गलबार, २७ साउन, २०७७, दिउँसोको ०३:४८ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर