कोभिड अस्पतालमा सेवा थप्न मोरङका पाँच दलको आग्रह

विराटनगर । प्रदेश राजधानी विराटनगरमा स्थापना भएको कोभिड–१९ अस्पतालको सेवा थप गर्न मोरङका प्रमुख पाँच राजनीतिक दलहरुले माग गरेका छन् ।

नेकपा मोरङको समन्वयमा दलहरुको बैठक बसेर कोभिड अस्पतालको सेवा थप गर्न, आइसियु संचालन गर्न र आइसियु सञ्चालन गर्न सरकारसँग माग गरेको हो । बैठकले संवेदनशिल अवस्थामा रहेका बिरामीहरुको सुरक्षित उपचारमा ध्यान दिन पनि आग्रह गरेको छ।
नेकपा मोरङका अध्यक्ष अषिकेश पोख्रेल, नपाली काँग्रेसका सभापती डिकबहादुुर लिम्बु, समाजवादी पार्टीका राजकुमार यादव, राजपाका अध्यक्ष मोहम्मद कादिर र राप्रपा नेपालका अध्यक्ष माधव आचार्यको हस्ताक्षरमा जारी विज्ञप्तिमा तत्काल अस्पतालमा अतिरिक्त शैय्या थप गर्न र दक्ष स्वास्थ्यकर्मीहरुको व्यवस्था गर्न आग्रह गरिएको छ । त्यस्तै सम्पुुर्ण निजी अस्पताललाई सामाजिक र मानवीय दायित्व पुरा गर्न पनि भनिएको छ ।

नेपालमा कोरोना भित्रिने उच्च जोखिममा रहेको भारतसँगको सीमालाई विशेष कडाइ गर्न र पिसिआर परिक्षणको दरलाई उच्च बनाउन आग्रह गरिएको छ । त्यस्तै कुनै पनि अस्पतालमा कोरोना सँक्रमण देखिए अस्पताल बन्द गरेर नभइ सँक्रमित क्षेत्र सी लगर्दै तत्काल निर्मलीकरण गरेर स्वास्थ्य सेवा सुचारु राखि जनतालाई सेवा प्रवाह गर्न आग्रह गरिएको छ ।

नेकपा अध्यक्ष पोख्रेलले कोरोना समुुदायमा आक्रमक रुपमा फैलिएको हुँदा सबै एकजुट हुन सन्देश दिन ५ दलको सँयुक्त बैठक डाकिएको बताए । मानव सभ्यता जोगाउन सचेतनासहितको उच्च सतर्कता अपनाउन जोड दिनुुपर्ने बैठकको निचोड रहेको उनको भनाई छ ।

अध्यक्ष पोखरेलले लकडाउनले समस्या समाधान भन्दा डर र आतंक बढाउने भन्दै विरोध गर्नुभएको छ । ‘हामीले लकडाउनको विरोध गरेका होइनौँ, लकडाउनको विकल्पमा उच्च सतर्कतालाई विशेष ध्यान दिउँ भनेका हौँ ।’ पोख्रेलले भने ‘हामीले जनतामाभफ सचेतना पुुग्याउन सकेनछौँ । जागरणले मात्र नियन्त्रण कोरोना नियन्त्रण गर्ने देखिन्छ । लकडाउनले आतंक मात्र बढाउँछ ।’

बिहिबार, २२ साउन, २०७७, दिउँसोको ०१:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर