कोशीको आइसोलेशनमा विराटनगरका एक व्यक्तिको मृत्यु, कोरोना परीक्षण हुँदै

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा कोरोनाको आशंका गरिएका एक व्यक्तिको बुधबार मृत्यु भएको छ ।

श्वासप्रश्वासको समस्या भएपछि मंगलबार राति १० बजे अस्पताल पुगेका विराटनगर ९ गुद्रीका ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार श्वासप्रश्वासको समस्या लिएर आएका उनको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण भएको आशंकामा उनको श्वाब संकलन गरी परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको दासले जानकारी दिनुभयो ।

उनको कोरोना परीक्षणको लागि विहान १० बजे स्वाब संकलन गरि प्रयोगशालामा पठाएको अस्पतालले जनाएको छ । मृतकका आफन्तले भने चिकित्सकले लापर्वाही गरेको कारण मृत्यु भएको आरोप लगाएका छन् ।

कोशी अस्पतालको आइसोलेशनमा विराटनगर ५ का कोरोना संक्रमित बृद्धको सोमबार मृत्यु भएको थियो । यस्तै मंगलबार अस्पताल भर्ना गर्ने क्रममा मृत्यु भएको उदयपुरका एक व्यक्तिमा भने कोरोना नेगेटिभ देखिएको छ ।

बुधबार, २१ साउन, २०७७, दिउँसोको ०२:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर