विराटनगर ५ चाँदनी चोकका तीन जनामा संक्रमण पुष्टि

विराटनगर । विराटनगर ५ मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर चाँदनी चोक क्षेत्रका तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिनुभएको छ ।

गुद्री बजारमा तरकारी पसल सञ्चालन गर्दै आएका दुई बाबुछोरामा संक्रमण पुष्टि भएको छ । उनीहरु घरबाट पसल जानेर घर फर्किेने बाहेक अन्यत्रको यात्रा नगरेकोले पसलमै कसैबाट संक्रमण भएको आशंका गरिएको छ ।

यसै गरी अर्का संक्रमित विराट नर्सिङ होममा कार्यरत कर्मचारीको आमा भएको बताइएको छ । उहाँलाई छोराबाट संक्रमण भएको हुनसक्ने भन्दै थप कन्ट्रयाक्ट ट्रेसिङको काम सुरु गर्ने तयारी भइरहेको वडाध्यक्ष आचार्यले बताउनुभयो ।

विराटनगर महानगरपालिका ५ मा यस अघि ९ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार तीन जना थपिएपछि वडामा संक्रमित संख्या १२ जना पुगेको अध्यक्ष आचार्यले बताउनुभयो । विराटनगरमा सबै भन्दा धेरै संक्रमित भएको वार्ड पनि ५ नम्बर नै भएको भन्दै अध्यक्ष आचार्यले लकडाउनलाई पूर्णरुपमा पालना गर्न र अनावश्यक हिडडुल नगर्न वडाबासीहरुलाई आग्रह गर्नुभएको छ ।

बुधबार, २१ साउन, २०७७, दिउँसोको १२:०४ बजे

प्रतिक्रिया

  1. वडा नम्बर ५ कोलोरअवा टोल ईस्कुल टोल दमाबनदी मा नत माक्स लगाउछ नत भिड भाड कम सबेय तेयतिइकेय घुम छ । सबेय एकेय ठाउ भेला हुने कराय्म बोड तास खेल ने ईत्यादी गरने गरे को छ के हो कोरोना के हो लकडोन थाह छेयन अनि सरदेयन कोरोन तोय छेय्त्र मा न पुलिस खटेय को छ न वडा न नगरपालिका हजुर संग बिनतिइ छ कि तेयो वडा लाई हेरदीन धन्यवाद ।

प्रतिक्रिया:

सम्बन्धित खवर