कोशी अस्पतालमा कोरोनाको आशङ्का गरिएका बिरामीको मृत्यु, स्वाब परीक्षण हुँदै

विराटनगर । कोरोना भाइरस संक्रमणको आशंकामा उपचारको लागि विराटनगर ल्याईएका उदयपुरका एक ब्यक्तिको अस्पताल पुग्नसाथ मृत्यु भएको छ ।

कोशी अस्पतालको आइसोलेसनमा भर्ना गर्न लागिएका उदयपुरको बेलका १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेको मङ्गलबार बिहान मृत्यु भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासकाअनुसार उनमा कोरोनाको लक्षण थियो । उनको स्वाब परिक्षण गरेर कोरोना नदेखिए मात्र शब आफन्तलाई दिने अस्पतालले जनाएको छ ।

सोमबार राति उच्च ज्वरो आएको अवस्थामा विराट मेडिकल कलेज टंकीसिनुवरीमा ल्याएको भएपनी न्यौपानेलाई भर्ना लिएको थिएन । कोरोनाको आशन्कामा बिराटले भर्ना नलिएपछी उनलाई कोशी अस्पताल ल्याइएको आफन्तले बताएका छन ।

बिहान १ बजेतिर कोशीमा आएपछी आईसोलेशनमा भर्ना गर्नलाग्दा उनको मृत्यु भएको हो । उनमा यसअघि जण्डिस देखिएको र ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेकोले कोरोनाको संक्रमण भएको आशंका गरिएको छ ।

सोमबार दिउँसो कोशी अस्पतालमै विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । वृद्धको शव अझै व्यवस्थापन भैसकेको छैन ।

मङ्गलबार, २० साउन, २०७७, बिहानको ०९:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर