सप्तरीमा ७ दिने निषेधाज्ञा जारी

विराटनगर । सप्तरी जिल्लाभरि मङ्गलबार बिहानदेखि लागू हुने गरि निषेधाज्ञा जारी गरिएको छ । साेमबार बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकको निर्णय बमोजिम निषेधाज्ञा जारी गरिएको हाे ।

काेराेना भाईरस संक्रमणको प्रभावकारी रोकथाम तथा न्युनीकरणका लागि जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनुभयो ।

मङ्गलबार साउन २० गते बिहान ५ बजेदेखि साउन २६ गते साँझ ६ सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

साे अवद्यिमा अनावश्यक हिँडडुल गर्नेलाई भने कडा कारबाही गरिने जनाईएको छ ।

मङ्गलबार, २० साउन, २०७७, बिहानको ०६:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर