विराटनगरमा कोरोनाबाट एक ब्यक्तिको मृत्यु

विराटनगर । विराटनगरमा सोमबार कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर ५ का ७७ वर्षीय पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोसी अस्पतालका चिकित्सक डा. दिपक सिग्देलका अनुसार उनी सोमबार विहान श्वासप्रश्वासको समस्या लिएर आएका थिए । उनमा कोरोनाको शंका लागेर स्वाब संकलन गरि आइसोलेशनमा राखेर उपचार थालिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको र परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको डा. सिग्देलले जानकारी दिनुभयो ।

बृद्ध घरमै रहेको र उनको ट्राभल हिस्ट्री नभएको बताइएको छ । अस्तालका चिकित्सक एवं अस्पतालको आइसोलेशनका इञ्चार्ज डा. लक्ष्मीनारायण यादवका अनुसार ती बृद्ध विहान ९ः३० बजे अस्पतालमा आएका थिए । अस्पताल आइपुग्दा अक्सिजनको मात्रा ६० मात्र रहेकोमा आइसोलेशनमा राखेर उपचार गरिरहेको बेला दिउँसो ३:१५ बजे मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको पहिलो केस हो । यसअघि मोरङको सुनवर्षीका एक पुरुषको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

कोरोना संक्रमितको मृत्यु भएपछि परिवारको सहमतिमा नेपाली सेनाको टोलीले शव व्यवस्थापनको गर्ने तयारी गरिरहेको अस्पतालले जानकारी दिएको छ ।

सोमबार, १९ साउन, २०७७, साँझको ०५:२० बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर