…अनि संक्रमण हुदैन त ?

विराटगनर । विराटनगरको बुधहाट चोक स्थित मेन रोडमा रहेको पंडितजीको मिठाई पसलमा सोमबार बिहानदेखिको भीड अहिले पनि हटेको छैन ।

साउनको सोमबार ब्रतको दिन र रक्षा बन्धन, ऋषि तर्पणी पर्वले गर्दा मानिसहरु कोरोना संक्रमणको पर्वाह नगरी मिठाई पसलमा तँछाडमछाड गर्दै भीड गरिरहेका छन् ।

विराटनगरम हानगरपालिकाले कोरोना संक्रमणको जोखिम बढेको भन्दै १४ दिने लकडाउन घोषणा गरेको छ । लकडाउनको पहिलो दिन शनिबार भीड नियन्त्रण भएको देखिएपनि आइतबार बजारमा मानिसहरुको अधिक चाप थियो । सोमबार पनि मिठाई पसल र फलफुल पसलमा मानिसहरुको भीड छ र कतिपयले मास्कसमेत लगाएका छैनन् । भीड हटाउन वरिपरी सुरक्षाकर्मीसमेत देखिदैन ।

सोमबार मात्र विराटनगरमा प्रदेश सरकारका एक जना उच्च अधिकारीसहित १८ जना नयाँ संक्रमितको पहिचान भएको छ । योसँगै विराटगनरमा संक्रमित हुने १३६ जना पुगेका छन् । तरपनि नागरिकहरु सचेत नहुँदा कोरोना संक्रमणको त्रास बढ्दै गएको छ ।

सोमबार, १९ साउन, २०७७, बिहानको ११:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर