सिटिइभिटी राष्ट्रिय कर्मचारी संगठनको उपाध्यक्षमा आचार्य र शेरचन मनोनित

काठमाडौं । सिटिइभिटी राष्ट्रिय कर्मचारी संगठनको केन्द्रिय समितिको तेर्स्रो पूर्ण बैठकले रिक्त २ उपाध्यक्ष पदमा नारायण आचार्य (इटहरी) र बिकल शेरचन (मुस्ताङ) मनोनित गरेको छ । यस्तै रिक्त एक जना केन्द्रिय सदस्यमा शारदा चौधरी (दाङ) लाई मनोनयन गर्ने निर्णय गरेको छ । संगठनका अध्यक्ष तेज बहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

भौतिक उपस्थिति तथा अलाइनबाट शनिबार सम्पन्न बैठकले संगठनको सुदृढीकरण तथा बिस्तारमा महत्वपूर्ण (आन्तरिक) क्रियाकलाप सन्चालन गर्ने, देशको वर्तमान आवस्यकता र बिस्तार अनुसार परिषद कार्यलय र दरबन्दीको पुनर्संरचना गरि सबै सरोकारवालाको अपनत्व रहने मापदण्डको आधारमा कर्मचारी व्यवस्थापन गर्न परिषद व्यवस्थापनलाई आग्रह गर्ने, शिक्षा मन्त्रालयले प्रस्ताव गरेको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसग सम्बन्धित ऐनले देशको आवश्यकता र राष्ट्रले लिएको लक्ष्य प्राप्त गर्न नसक्ने भएकोले नेपालका टिभिइटी क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सल्लाह, सुझाव समेटिएको देशको आवश्यकतालाई दिशानिर्देश गर्न सक्ने ऐनको लागि सम्बन्धित पक्षमा पहल गर्ने निर्णय गरेको संगठनका केन्द्रिय उपाध्यक्ष तथा बाग्मती प्रदेश संयोजक बिजेश बस्नेतले जानकारी गराउनु भयो।

शनिबार, १७ साउन, २०७७, साँझको ०५:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर