नक्कली सुन र पेस्तोल छोडेर भाग्ने तीन जना पक्राउ

विराटनगर । नक्कली १५ किलो सुन र दुई थान पेस्तोल छोडेर फरार भएका तीन जनालाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । उनीहरुलाई पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साउन १३ गते सुन तस्करी भइरहेको सूचना पाएको प्रहरीले उनीहरु चढेको स्कर्पियो गाडी पछ्याएको थियो । सुन भनिएको पहेंलो धातु छोडेर भागेका उनीहरु स्कर्पियो अन्यत्रै लुकाएर भाडाको कारमा काठमाण्डौबाट बाहिरिएका थिए । प्रहरीले सुन ठानेर बरामद गरेको १५ किलो धातु नक्कली भएको र जम्मा आधा किलो मात्र सुन फेला परेको बताइएको छ ।

बिहिबार, १५ साउन, २०७७, दिउँसोको १२:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर