लोड हुँदैछ...

मेनु

सवारी साधन चेकजाँच कडा पार्दै ट्राफिक

सवारी साधन चेकजाँच कडा पार्दै ट्राफिक

विराटनगर । विराटनगर महानगरपालिकासँगै मोरङमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले यात्रुवहाक सवारी साधनमा चेकजाँच कडाई गर्न थालेको छ ।

विराटनगर महानगरपालिका–१० बसपार्कबाट छुट्ने यात्रुवहाक सवारी साधनहरु प्रहरीले कोरोना भाइरस नियन्त्रणका लागि अपनाईका मापदण्ड पालना भए वा भएको निगरानी गर्न थालेको हो ।

सवारी साधनका चालक तथा सह–चालकले अनिवार्य रुपमा माक्स, पञ्जा र सवारी साधनमा सेनिटाईजर राख्ने मापदण्ड पालना गर्नुपर्नेछ । यस्तै बसभित्र हुने दुईवटै लाईनमा एक–एक जना मात्र यात्रु राख्न पाउने नियमलाई कडाईका साथ पालना गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राकेश पोद्धारले बताउनुभयो ।

यो चेकजाँजलाई निरन्तरता दिँदै मापदण्ड पालना गर्न गराउन थप कडाई गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।