झोराहाट । डिभिजन वन कार्यालय मोरङले जिल्लाका ५ जना निजी वन धनी तथा केही नर्सरी संचालकलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा निजी वन धनी सुनवर्षी–२ का रंगनाथ चापागाईं, ग्रामथान–२, का दशनलाल माझी (थारु), मिक्लाजुङ–७ का महेन्द्र भण्डारी, बुढीगंगा–५ का वीरनारायण चौधरी र ग्रामथान–१ का दीपक माझी रहेका छन् । यस्तै नर्सरी नाइकेहरु रानी राजवंशी, प्रेमलाल मण्डल, प्रेमसरी राई, मनोजकुमार मण्डल, किन्नु खवास, गोठलु माझी, लक्ष्मी बराल, अम्मर ऋषिदेव र अमर सरवरिया लगायतलाई पनि सम्मान गरिएको छ ।
डिभिजन वन कार्यालय मोरङमा गत शुक्रबार एक कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । निजी वन धनीहरुले वृक्षारोपण गर्दा मालपोत रकम मिनाहा र डिभिजन वन कार्यालयले प्राविधिक सहयोग तालिम गोष्ठीहरु गर्नुपर्ने बताए ।
कार्यक्रममा क्षेत्रीय वन कार्यालयका निर्देशक रविन्द्र महर्जन, जिल्ला वन कार्यालयका मोरङका प्रमुख विशाल घिमिरेलगायतले सम्मान पत्र प्रदान गरेका थिए ।