विराटनगर । विराटनगरस्थित विराट नर्सिङ्ग होम (विराटनगर अस्पताल) मा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित प्रदेश १ मा सोमबार २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
विराटनगर महानगरपालिकामा ७, मोरङको रतुवामाइ नगरपालिका १२, झापाको बारदशी गाउँपालिकाको २, धनकुटा महालक्ष्मी नगरपालिका र पाँचथरमा १/१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिएको विराटनगरको ७ जना मध्ये ४ जना विराट नर्सिङ्ग होममा कार्यरत नर्स हुन् । सोमबार २३ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ४४ जना पुगेको छ ।
विराटनगरस्थित जनस्वास्थ्य प्रयोगशालको ल्याबमा गरिएको परीक्षण रिपोर्ट अनुसार रतुवाइमाई नगरपालिकामा ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण देखिएका भारतबाट केही दिन अगाडि आएका हुन् । उनीहरू भारतबाट आएपछि रतुवामाइ नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका पुरूष हुन् ।
गत साउन ९ गते रतुवामाइ नगरपालिका १ सरस्वती मावि र सिजुवा माविमा बनाएको क्वारन्टिन र होम क्वारेन्टिनमा बसेका ३८ जनाको स्वाब संलकन गरेर प्रदेशको जनस्वास्थ्य ल्याबमा परीक्षण गर्न पठाएको रतुवामाइ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख सन्तोष साहले जानकारी दिए ।