विराटनगर । मोरङको रतुवामाइ नगरपालिकाको १२ जनामा कोरोना संक्रमण देखिएको छ । विराटनगरस्थित जनस्वास्थ्य प्रयोगशालको ल्याबमा गरिएको परीक्षणमा सोमबार दिउँसो आएको रिपोट अनुसार १२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमण देखिएका भारतबाट केही दिन अगाडि आएका हुन् । उनीहरू भारतबाट आएपछि रतुवामाइ नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका पुरूष हुन् ।
गत साउन ९ गते रतुवामाइ नगरपालिका १ सरस्वती मावि र सिजुवा माविमा बनाएको क्वारन्टिन र होम क्वारेन्टिनमा बसेका ३८ जनाको स्वाब संलकन गरेर प्रदेशको जनस्वास्थ्य ल्याबमा परीक्षण गर्न पठाएको रतुवामाइ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख सन्तोष साहले जानकारी दिए ।
यस्तै सोमबार नै प्रदेश जनस्वास्थ्य प्रशायोगशालमा गरिएको परीक्षणमा झापाको बारदशी गाउँपालिका २ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।