विराटनगर । बुधबार कोरोना संक्रमण पुष्टि भएका विराटनगरका एक व्यक्ति सम्पर्कविहिन भएपछि स्थानीय प्रशासन तनाबमा परेको छ ।
मंगलबार विराट नर्सिङ होममा स्वाब संकलन गरी परीक्षण गरिएका ५० वर्षीय पुरुषको बुधबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनी सम्पर्कमा छैनन् ।
नर्सिङ होमले स्वाब संकलन गरी परीक्षण गर्न कोशी अस्पताल पठाएकोमा कोरोना पोजेटिभ देखिएको हो । उनको ठेगाना विराटनगर लेखिएको भएपनि सम्पर्क नम्बर नहुँदा संक्रमित व्यक्तिको पहिचान गर्न मुस्किल भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।
सम्पर्कबिहीन भएका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मंगलबार नै उनको स्वाब परीक्षण्मा संक्रमण पुष्टि भएकोमा कोशी अस्पतालले बुधबार बिहान मात्र महानगरलाई रिपोर्ट पठाएको थियो ।
अस्पतालले ठेगाना र सम्पर्क नम्बर नटिपेका कारण कोरोना संक्रमितको पहिचान गर्न मुस्किल भएको विराटनगर महानगरपालिकले जनाएको छ । अस्पतालको रेकर्डमा उनको ठेगाना विराटनगर मात्र लेखिएको छ ।
कोरोनाको स्वाब संकलन गर्नुअघि शंकास्पद व्यक्तिको नाम, फोन नम्बर, ठेगानासहितको विवरण रेकर्ड राख्नुपर्छ । तर, १०० डिग्री भन्दा बढी ज्वरो आएर अस्पताल पुगेका ती विरामीलाई सबै विवरण संकलन नगरी अस्पतालले स्वाब संकलन गरेर घर पठाएको पाइएको छ ।
बुधबार विराटनगर महानगरपालिकामा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रहरी कर्मचारी र विराटनगर ६ का अर्का व्यक्तिलाई कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।