विराटनगर । नेपालमा गएको २४ घण्टामा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

बुधबार सप्तरीका १८, दैलेखका १६, सुनसरीका ४, मोरङका ३, झापा १, ताप्लेजुङ ३, धनुषा ५, बारा ३, पर्सा ६, काठमाडौं ३, सर्लाही २, चितवन १, सर्लाही १ र लमजुङका ७ जनाका कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्जाका ३, बागलुङका ३, बाँकेका ३, बर्दियाका २, सल्यानका २, कालीकोटका ६, बझाङका १ र डोटीका ७ जनाका कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या ५ हजार ३६८ रहेको छ । बुधबार २०७ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ ।

गत २४ घन्टामा ३ हजार ७७९ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।