लोड हुँदैछ...

मेनु

एक विदेशीसहित थप दुईको कोरोनाबाट मृत्यु

एक विदेशीसहित थप दुईको कोरोनाबाट मृत्यु

विराटनगर । नेपालमा कोरोना भाइरसबाट पहिलो पटक एक विदेशी नागरिकसहित बुधबार दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

पोखरामा बस्दै आएकी ४९ वर्षीया चिनियाँ महिलाको काठमाडौंको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रभू एयरको हेलिकप्टरमा शुक्रबार काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएकोमा कोरोना संक्रमण पुष्टि भएपछि शिक्षण अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो ।

अस्पतालका निर्देशक डा.रोहित पौडेलले ५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गर्नुभएको छ । अहिले मृतकको शव अस्पतालमै राखिएको छ । उनको शब दूतावाससँगको समन्वयमा सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ ।

यसअघि मंगलबार राति सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको थियो । महोत्तरीको महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

गम्भीर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो । अस्पतालका अनुसार उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घरोग भने थिएन । तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गाैला ड्यामेजको समस्या देखिएको थियो ।

योसँगै प्रतिष्ठानमा उपचारका लागि आएका दोस्रो कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि सप्तरीको राजविराजका एक जनाको मृत्यु भएको थियो ।
दुबै जनाको मृत्युको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।