भदौ १ बाट आन्तरिक हवाई सेवा सुचारु हुने

विराटनगर । सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ ।
आज अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान नियमित गर्ने गरी गृहकार्य थाल्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

सार्वजनिक यातायात सुचारु भइसकेको अवस्थामा सरकारले लकडाउनलाई थप खुकुलो बनाउन हवाई उडान आरम्भ गर्न लागेको हो । कोभिड १९ संक्रमण हुन नदिन सुरक्षा अपनाएर उडान भर्ने गरी अब मन्त्रालयले तयारी थाल्नेछ ।

सरकारले लकडाउन खुकुलो बनाउँदै लगेपनि शिक्षालय, सिनेमा घरहरु आदि भने सञ्चालन गरिसकेको छैन । त्यस बाहेक अधिकांश व्यापार व्यवसायका क्षेत्रहरु भने सुचारु भएका छन् ।

सोमबार, ०५ साउन, २०७७, रातीको ०९:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर