प्रदेश १ मा १२ संक्रमित थपिए, ८ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्बुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्वुमा ४ पुरुष, झापाको कचनकवल र इलामको माईमा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ५ पुगेको छ । प्रदेशमा सोमबार ८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी (उदयपुर)बाट ७ पुरुष र १ महिला डिस्चार्ज भएका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७ सय १० पुगेको छ ।

प्रदेश १ मा सोमबार ९ सय २८ जनाको कोरोना परिक्षण गरिएको छ । १ सय ८५ महिला र ७ सय ४३ पुरुषको कोरोना परिक्षण गरिएको छ । प्रदेशमा अहिलेसम्म ३६ हजार ३ सय ९१ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोमबार, ०५ साउन, २०७७, साँझको ०७:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर