विराटनगर । नेपाल गणित समाज प्रदेश नम्बर १ गठन भएको छ । समाजको अध्यक्षमा सह–डा.मनोज राउत चयन हुनुभएको छ ।
समाजको केन्द्रीय अध्यक्ष प्रा.डा.चेतराज भट्टको प्रमुख आतिथ्यमा भर्चुअल बैठकबाट समिति गठन भएको हो ।
राउत विराटनगरस्थित स्नाउत्तर क्याम्पसका पूर्वक्याम्पस प्रमुख पनि हुन् । नवनिर्वाचित अध्यक्ष राउतले प्रदेश १ का सम्पूर्ण गणितका प्राध्यापकहरुप्रति धन्यवाद ब्यक्त गर्दै गणितलाई सरलिकरण, सहजिकरण र सबलिकरण गर्दै जनस्तरले बुझ्ने बनाउने प्रतिबद्धता जनाउनुभयो ।
अध्यक्ष राउतले सल्लाहकार सदस्यहरु प्राडाहरू राजनारायण यादव, राजुराम थापा, केन्द्रीय अध्यक्ष प्राडा चेतराज भट्ट लगायतको समिति, गणित केन्द्रीय बिभाग प्रमुख तथा निवर्तमान अध्यक्ष प्राडा टंकनाथ धमला, पुर्व अध्यक्षज्यू प्राडा भद्रमान तुलाधरसहित सबै गुरुहरु एवं काठमाडौ विवि स्कूल अफ साईन्सका डिनका प्राडा कन्हैया झा, प्राडा नारायण पहारिलगायत अग्रजहरुले देखाएको बाटोमा समितिलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।