दमक । झापाको गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा पुनः झडप भएको छ ।
गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति प्रहरी र भारतीय नागरिकको एक समूहबीच झडप भएको हो ।
सीमावर्ती भारतीय गाउँबाट घरेलु हतियारसहित आएको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार सीमा स्तम्भ १५२ नजिकै घटना भएको थियो । भारतीय पक्षको आक्रमणबाट दुई सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् ।
सिमावर्ती क्षेत्रमा रहेको मलाह टोलका भारतीय नागरिकले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेका थिए । लकडाउनसँगै प्रहरीले नाकामा कडाई गरेपछि तस्करको समूह योजनावद्ध रुपमा आक्रमणका लागि आएको प्रहरीले बताएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुका अनुसार घटनापछि भारतीय पक्षसँग छलफलको तयारी भइरहेको छ । यसअघि पनि झापाको सिमा क्षेत्रमा भारतीय नागरिकले प्रहरीमाथि आक्रमणको प्रयास गर्दै आएका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।