विराटनगर । मर्यादा पुरुषोत्तम रामको जन्मस्थानको विवादलाई लिएर आज प्रदेश २ को राजधानी जनकपुरमा प्रदर्शन भएको छ ।
राम जन्मभूमि अयोध्या र सीता जन्मभूमि जनकपुरबीचको सम्वन्ध बिगार्न पाइदैन भन्दै केही धार्मीक संस्थाको अगुवाईमा जनकपुरमा विरोध प्रदर्शन भएको हो ।
भानु जन्मजयन्तिको अबसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म अयोध्यामा भएको र अयोध्या नेपालकै ठोरीमा रहेको बताउनुभएको थियो । उहाँले भारतले नेपालको संस्कृतिमाथि अतिक्रमण गरेको बताउनुभएको थियो । उक्त भनाईले हिन्दु धर्ममा विश्वास गर्नेहरुको आस्थामाथी खेलवाड गरेको भन्दै विरोधमा जनकपुरमा प्रदर्शन भएको हो । उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाई फिर्ता लिन आग्रह गरेका छन् ।