विराटनगर । प्रदेश १ मा शुक्रबार थप २४ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग वाणिज्य संघ, ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई केन्द्र खोटाङमा उपचाररत एक जना डिस्चार्ज भएका हुन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा झापाका १३, सुनसरीका ३, मोरङ, पाँचथर र ताप्लेजुङ २–२ र खोटाङ र इलामका १–१ जना रहेका छन् । योसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ६ सय ८० पुगेको छ ।
प्रदेश १ मा शुक्रबार १ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको बुद्धशान्तिका एक पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा संक्रमितको संख्या ७ सय ७५ पुगेको छ । (फायल तस्बिर)