विराटनगर । प्रदेश नं. १ मा कोरोना सङक्रमितको संख्या ७ सय ४१ पुगेको छ । बुधबार थप ५ जना कोरोना सङ्क्रमण पुष्टि भएसँगै प्रदेश नं. १ मा कोरोना सङ्क्रमितको संख्या ७ सय ४१ पुगेको हो ।
बुधबार प्रदेश नं. १ को ईलामका २, धनकुटाको १, मोरङको १ र ताप्लेजुङको १ जना गरि कुल ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयको कोरोना सुचना डेस्कले जनाएको छ । यससँगै बुधबार थपिएका नयाँ सङक्रमित सहित हाल प्रदेश नं. १ को झापामा २ सय ९९, मोरङमा १ सय ९१, सुनसरीमा १ सय २, धनकुटामा १२, भोजपुरमा ६, खोटाङमा ११, उदयपुरमा ७६, सोलुखुम्बुमा १, सङ्खुवासभामा ५, तेह्रथुममा ५, ईलाममा १६, पाँचथरमा ६, ताप्लेजुङमा ८ र ओखलढुङ्गामा १ सहित अन्य २ जनामा कोरोना सङक्रमण पुष्टि भईसकेको छ ।
जसमा प्रदेश नं. १ बाट हालसम्म भने १ सय ७ जना महिला र ५ सय ३५ जना पुरुष गरि कुल ६ सय ४२ जना निको भई डिस्चार्ज भईसकेका छन ।