ओली प्रचण्ड छलफल आज पनि बिना निष्कर्श टुंगियो

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल बिना निष्कर्श टुंगिएको छ । झण्डै एकसाता सम्वाद सुन्य अवस्थालाई तोड्दै भएको बैठकबाट पनि सहमतिको बिन्दु फेला नपरेको बताइएको छ ।

बालुवाटारमा झण्डै एक घण्टा अध्यक्षद्वयबीच छलफ भएको थियो । भोलि फेरी छलफल गर्ने सहमति गरेर बैठक सकिएको बताइएको छ ।

पछिल्लो समय सत्तारुढ नेकपामा आन्तरिक विवाद चर्किएपछि स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ । दुवै नेताहरु आ–आफ्ना अडानमा रहदा सहमति बन्न नसकेको हो ।

मङ्गलबार, ३० असार, २०७७, दिउँसोको ०२:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर