विराटनगर । सुनचाँदी बनाउने कालिगढहरुको भेलाले अखिल नेपाल सुनचाँदी कालिगढ संघ गठन गरेको छ ।
भेलाबाट विराटनगर महानगरपालिका कमिटीको अध्यक्षमा मोहमद कलिम निर्वाचित हुनुभएको छ । विराटनगरमा शनिबार भएको प्रथम भेलाले कलिमको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा राजाराम साह, सचिबमा राजकिशोर साह, सहसचिबमा मदन सोनार र कोषाध्यक्षमा प्रेम बिक रहनुभएको छ । अन्य सदस्यहरुमा मनोज सुत्रधार, राजेश बिक, रामचन्द्र साह, गणेश गहतराज, बसन्त स्वर्णकार, पवन बर्मा, परमेश्वर साह, सुर्य बराल, सतिशकुमार सोनी, कमल सेन्चुरी रहनुभएको छ ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङ जिल्ला अध्यक्ष गंगाराम थापा, उपाध्यक्ष धर्मलाल माझी, नेकपा विराटनगर महानगरपालिका अध्यक्ष सागर थापा, सचिव हेम कार्की, जिफन्ट प्रदेश अध्यक्ष किशोर धमलालगायतको सहभागिता रहेको थियो ।