सलह किन्न ५ लाख बजेट विनियोजन

विर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो ।

खरिद गरिएको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी ५० दरले पशु आहारका लागि दाना उद्योगलाई दिने भएको छ ।
यसैबीच, झापा क्षेत्र नं २ की सांसद एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । विश्व महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को न्यूनीकरणका लागि उहाँले स्यानेटाइजर, मास्क, ग्राउड, सर्जिकल क्याप, चस्मा, पञ्जालगायतका स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो ।

कोरोना भाइरससँग नगर पौँठेजोरी खेलिरहेका बेला स्वास्थ्य सामग्री उपलब्ध गराएर हौसला प्रदान गरेकोमा नगरप्रमुख रानाले धन्यवाद व्यक्त गर्नुभयो ।

शनिबार, २७ असार, २०७७, दिउँसोको १२:०३ बजे

प्रतिक्रिया

  1. “..प्रतिकेजी ५० दरले पशु आहारका लागि दाना उद्योगलाई दिने भएको छ” ।नगरपालिकाले राम्रो काम गरेको छ ।सलह किरामा protein को मात्रा प्रचुरमात्रा हुने जानकारी समाचारमा पनि थपि दिदा सम्बन्धित जानकारी किसानहरुले पनि पाउँने थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर