थप एकमा मृत्युपछि कोरोना पुष्टि

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित केएसमी अस्पतालमा उपचाररत ५४ वर्षीय एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको छ।

मिर्गौलाका विरामी रहेका काठमाडौं गोकर्णका ५४ वर्षीय पुरुषको मृत्युपछि कोरोना जाँच गर्दा संक्रमण पोजेटिभ आएको हो।

गत बिहीबार मृत्यु भएपछि उनको स्वाब परीक्षण गर्न पठाइएकोमा शुक्रबार बेलुकी नतिजा आउँदा पोजेटिभ आएको हो। उनको शव शनिबार बिहानै नेपाली सेनाको टोलीले दाहसंस्कारको लागि लगेको अस्पतालले जनाएको छ। उनी गत असार १९ गते अस्पताल भर्ना भएका थिए।

अस्पतालका अनुसार भर्ना हुँदा नै उनको अवस्था गम्भीर थियो। उनमा मिर्गौला, खुट्टाको क्यान्सर, थाइराइडको समेत समस्या रहेको बताइएको छ । मृत्युपछि उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

असार २७, २०७७, बिहानको ११:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर