सार्वजनिक गाडी नचलाउने व्यवसायी महासंघको निर्णय

विराटनगर । सरकारले पूर्व तयारी नपुगेको भन्दै साार्वजनिक यातायात व्यवसायी महासंघले गाडी नचलाउने भएको छ ।

शुक्रबार महासंघको केन्द्रयि समितिले पत्रकार सम्मेलन आयोजना गरेर यथास्थितिमा गााडी
चलाउन नसक्ने स्पष्ट गरेको हो ।

विश्वस्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, आफ्ना मजदुरहरु र आम यात्रुको स्वास्थ्य सुरक्षाको प्रत्याभूति नभई गाडी चलाउने निर्णय खतरनाक र अव्यवहारिक भएको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले बताउनुभयो । उहाँले हचुवाको भरमा गाडी चलाउन नसकिने पनि बताउनुभएको छ ।

सार्वजनिक सवारी साधन सञ्चालनका लागि महासंघले विभिन्न पाँच बुँदे माग पनि अगाडि सारेको छ । महासंघले कर छुट, बिमाको प्रिमियममा छुट, बैंक किस्ता भुक्तानीको समयावधि थप गर्नुपर्ने जस्ता मागहरु अगाडि सारेको छ ।

शुक्रबार, २६ असार, २०७७, दिउँसोको ०४:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर