विराटनगर । भारतबाट अवैद्य रुपमा भन्सार छली ल्याउँदै गरेको ३२ ईन्चको २ वटा एल.ई.डी टिभी सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको जहदा गाउँपालिका–२ जयरामकोटस्थित मझारे प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरिक्षकको टोलीले को २७ प ४७७४ नम्बरको मोटरसाईकलमा सवार २ जना सहित भारतबाट अवैद्य रुपमा नेपाल ल्याउँदै गरेको २ वटा एलईडी टिभी नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोरङको धनपालथान गाउँपालिका–२ खयरबना बस्ने २६ बर्षीय सचिन मण्डल र जहदा गाउँपालिका–७ बस्ने ४० बर्षीय प्रशान्त मण्डल रहेका छन ।
बरामद भएका सम्पुर्ण सामान आवश्यक कारबाहीका लागी मुल भन्सार कार्यालय रानीमा बुझाउने पहल भईरहेको जनाईएको छ ।


