लोड हुँदैछ...

मेनु

प्रहरीको नयाँ आइजिपीमा थापा नियुक्त

प्रहरीको नयाँ आइजिपीमा थापा नियुक्त

विराटनगर । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपीं)मा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको हो ।

थापाले २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने बताइएको छ । थापा २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।

क्षेत्रीय प्रहरी तालिम केन्द्र र हेडक्वाटरमा लामो समय बसेर संगठनलाई कसरी सुधार गर्न सकिन्छ भनेर रणनीति बनाउने प्रहरी अधिकृतको रुपमा थापालाई चिनिन्छ । अहिलेका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि सकिएपछि बुधबार अवकाश पाने भएकोले बिहीबारदेखि प्रहरी संगठनको कमाण्ड थापाको हातमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।