काठमाडौं । नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
एयरलाइन्स स्रोतका अनुसार विभिन्न उद्धार उडानमा खटिएका तीन पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै ४ क्रु मेम्बर र केही कर्मचारीसहित १४ जना विमान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको एयरलाइन्स स्रोतले जनाएको छ । एयरलाइन्सले पाइलटलगायत उडान कर्मचारीलाई क्वारेन्टिनको लागि सोल्टी होटलमा राख्दै आएको छ।


