पार्टी फुट्यो, अब कित्ता स्पष्ट गर्नु : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई आफ्नो कित्ता स्पष्ट गर्न निर्देशन दिनुभएको छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सबै मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले अर्को बैठकमा आउँदा आफ्नो कित्ता स्पष्ट गरेर आउन निर्देशन दिनुभएको एकमन्त्रीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले ‘बैठकमा अब पार्टी फुट्न लाग्यो आफ्नो कित्ता क्लियर गर्नुहोला’ भनेर चेतावनी दिनुभएको बताइएको छ । प्रधानमन्त्रीले आफ्ना कुरा राखेपछि मन्त्रीहरु घनश्याम भुसाल, वर्षमान पुन, पार्वत गुरुङगायतले बोलेका थिए । मन्त्री पुनले पार्टीमा छलफल भएको कुरा पार्टीले नै निर्णय गर्ने बताएका थिए ।

शनिबार, २० असार, २०७७, रातीको ०९:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर