लोड हुँदैछ...

मेनु

शुक्रबार अहिलेसम्मकै धेरै संक्रमित थपिए, संक्रमितको संख्या १५,२५९

शुक्रबार अहिलेसम्मकै धेरै संक्रमित थपिए, संक्रमितको संख्या १५,२५९

विराटनगर । पछिल्लो २४ घन्टामा नेपालमा अहिलेसम्मकै सर्वाधिक ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

शुक्रबारसम्म पछिल्लो २४ घन्टामा ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा २ लाख ४२ हजार २ सय ४७ पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

पछिल्लो २४ घन्टामा ८ सय २३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

शुक्रबार नवलपरासीका १९, पर्साका १, चितवनका १, रौटहटका २९, अछामका २३०, बैतडीका ४०, बाजुराका ४७, डोटीका २४, कञ्चनपुरका ४५, डडेलधुराका २८, बाजुराका ६, कैलालीका ५८, बागलुङका १ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै पर्वतका ३, तनहुँ ९, कास्कीका २ , उदयपुरका ५, झापाका २८ , मोरङका ५, सिरहा २४, सप्तरी ८, धनुषाका १६, महोत्तरीका ६, पर्साका १, बझाङका १४, डोटी २३, कपिलवस्तुका ८, नवलपरासीका ९, सर्लाहीका १, सिन्धुपाल्चोकका १, पाल्पा १, सल्यानका ८, बर्दियाका १०, दैलेखका १२, दाङका ९, रोल्पा १, सुर्खेतका ६ र कालिकोट १ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।