एकताका सुत्रधारसहित दुई अध्यक्षको छलफल

दोस्रो पुस्ताका ११ जना नेताहरुद्वारा शीर्ष नेताहरुलाई विवाद चर्किने गतिविधिहरु नगर्न खबरदारी

काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भइइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षहरूबीचको भेटवार्तामा पार्टी एकतामा सुत्रधारको भूमिका खेलेका नेताहरु पनि सहभागी छन् ।

भेटमा पार्टी महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेको बताइएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकतामा दुई नेताले महत्वपूर्ण भूमिका खेलेका थिए ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले पार्टीलाई र अन्य नेताहरुलाई वास्ता नगरी मनमौजी गरेको भन्दै स्थायी समिति बैठकमा अध्यक्ष र प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने माग अधिकांश सदस्यले गरेका छन् । बैठक चलिरहेको बेला नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि आपूmलाई हटाउन भारत सक्रिय रहेको र केही नेताहरु पनि त्यसमा संलग्न रहेको अभिव्यक्ति प्रधानमन्त्रीले दिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो ।

जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भइरहेको छ। अहिलेसम्म बोलेका ३१ सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्।

पार्टी एकता नै संकटमा परेपछि शुक्रबार विहान नेकपाका दोस्रो पुस्ताका ११ नेताहरु बसेर पार्टी एकतालाई जोगाउनुपर्ने र दुई पार्टी एक हुँदाको सहमतिलाई आधार मानेर अघि बढ्नुपर्ने छलफल गरेका थिए । कृषि मन्त्री घनश्याम भुसालको निवासमा भएको छलफलमा प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल पक्षमा नेताहरू सहभागी थिए।

२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुनुअघि पाँच बुँदे सहमति भएको थियो। उक्त सहमतिको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख थियो।

सहमतिको साक्षीका रूपमा प्रधानमन्त्री ओलीका तर्फबाट पौडेल र प्रचण्डका तर्फबाट शर्माले हस्ताक्षर गरेका थिए।

शुक्रबार, १९ असार, २०७७, दिउँसोको ०१:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर