कपडा तस्करी गर्ने ६ भरिया पक्राउ

विराटनगर । लकडाउनमा भारतबाट कपडाकोे तस्करी गर्ने गिरोहले दिएको कपडा ल्याउने ६ जना भरियालाई प्रहरीले पक्राउ गरेको छ ।

दुई देशीय नाकामा आवतजावतमा रोक लगाइएको भएपनि तस्करी धन्दामा लागेका गिरोहले दिएको अवैध कपडा लिएर आउने ६ जना भरियालाई प्रहरीले विराटनगर १२ बखरीबाट पक्राउ गरेको हो ।

प्रहरीले कपडासहित तस्करी गरि कपडा ल्याउने विराटनगर–१५ का राजा पासवान, सोही ठाउँका विशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अबिनाश चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका सबै भरिया हुन् । प्रहरीले उनीहरूको साथबाट ५ लाख ३० हजार मूल्य बरावरको अवैध कपडा बरामद गरेको छ । प्रहरीले उनीहरू सवार टेम्पुमा लुकाएर राखिएको २ सय ७० थान लेडिज प्लाजा, २ सय १९ थान कुर्ती, ७१ थान अण्डर वेयर, बच्चाको गञ्जी २ सय ८४ पिस, कुर्ती प्लाजो २० पिस, लेगिज ४० पिस बरामद गरेको छ । पक्राउ परेका भरियाहरूले सिमावर्ती बजार जोगवनीदेखि विराटनगरको बजारसम्म पु¥याएवापत प्रतिपिस ५० रूपैयाँ लिने गरेको बुझिएको छ । प्रहरीले बरामद गरेको तस्करीको कपडा विराटनगरको कपडाको होलसेल पसलमा पुग्ने गरेको छ ।

प्रहरीले बरामद गरेको कपडा, को १ ह ८४५१ नम्बरको अटो टेम्पो, को १३ प ४२४७ नम्बरको मोटसाइकल पनि विराटनगर भन्सार कार्यलयमा बुझाएको छ । यसअघि बरामद भएको अवैध कपडा मात्र बुझाउने गरिएको थियो । अहिले तस्करीमा प्रयोग भएको सवारी साधनको पनि मुल्याकन गरि भन्सार कार्यालयमा बुझाउने गरेको छ ।

यस अघि पनि लकडाउनमा भारतबाट तस्करी गरि करिब ५ लाख रुपैयाँ बराबरको कपडा ल्याउने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान टोलीले विराटनगर १४ बाट नियन्त्रणमा लिएको थियो । को. २ ह २२१६ नम्बर टेम्पोमा लोड गरी विराटनगर भित्र्याउँदै गर्दा टोलीले विभिन्न ब्राण्डका टप्स, सरवार कुर्ता, साडीलगायत तस्करीका सामान बरामद गरेको थियो ।

शुक्रबार, १९ असार, २०७७, बिहानको १०:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर