विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक रोकिएको छ । मन्त्रिपरिषद् बैठकबाट संसदको जारी वर्षे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेपछि बैठक प्रभावित भएको छ ।
मन्त्रिपरिषद् बैठकपछि पार्टीको स्थायी समितिको बैठकमा सहभागी हुने अपेक्षा गरिएको भएपनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा आउन नमानेपछि अर्का अध्यक्ष प्रचण्डले बैठक स्थगित गर्नुभएको हो । उहाँसहित नेकपाका शिर्ष नेताहरु अध्यक्ष केपी ओलीसँग छलफल गर्न जानुभएको छ । छलफलमा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, महासचिव बिष्णु पौडेल लगायतका नेताहरु अहिले प्रधानमन्त्रीसँग छलफलमा हुनुहुन्छ ।