विराटनगर । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकले संसदको जारी बजेट अधिवेशन अन्त्य गर्ने राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले बिहीबार साँझ ५ बजेटबाट संसद बैठक अन्त्य गर्ने निर्णय गर्दै सिफारिस गरेको हो । संसद अधिवेशन अन्त्य भएपछि प्रधानमन्त्रीको राजिनामा र नयाँ प्रधानमन्त्री चयनको प्रयत्न तत्कालका लागि असफल हुनसक्ने अनुमान गर्दै हतारमा सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।