उर्लाबारीमा ७ जना कोरोना संक्रमित भेटिए

विराटनगर । वैदेशिक रोजगारबाट फर्किएर मोरङको उर्लाबारीस्थित राधिका माविको क्वारेन्टिनमा बसेका ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गरिएको पिसिआर प्रविधिबाट गरिएको परीक्षणमा चार महिला र २ जना पुरूषमा आज कोरोना देखिएको हो । हिंजो कुवेतबाट फर्केर आएकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उर्लाबारीमा कोरोना संक्रमितको संख्या ७ जना पुगेको छ ।

दुबईबाट आएका २ जना पुरुष र कुवेतबाट आएका ५ जना महिलामा कोरोना संक्रमण देखिएको उर्लावारीको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितहरु सबै राधिका माविको क्वारेनटाइनमा बसेका हुन् । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । संक्रमितलाई विराटनगरस्थित कोभिड अस्पताल ल्याउने तयारी गरिएको छ ।

आधिकारीक जानकारी भने स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।

बिहिबार, १८ असार, २०७७, दिउँसोको १२:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर