संसद अधिवेशन अन्त्य गरेर सरकार जोगाउने प्रयास

आकस्मिक मन्त्रिपरिषद् बैठक डाकियो, राष्ट्रपति निवासमा प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

बिहान ११ पार्टी स्थायी समितिको बैठक बोलाइएको भएपनि उहाँ बैठकमा नगई राष्ट्रपति निवास तर्फ लाग्नुभएको छ ।

बिहीबार नियमित मन्त्रिपरिषद् बैठक भएपनि मध्यान्हमै बैठक बोलाउनुलाई नेताहरुले अर्थपूर्णरुपमा लिएका छन् ।

प्रधानमन्त्रीले राष्ट्रपतिसँग छलफल गरी राष्ट्रिय राजनीतिलाई नयाँ मोड दिने गरी कुनै निर्णय गर्न खोजेको अर्थमा नेताहरुले यो भेटघाटलाई लिएका छन् ।

स्रोतका अनुसार संसदको जाही बजेट अधिवेशन अन्त्य गर्ने निर्णय मन्त्रिपरिषद्ले गर्न लागेको छ । संसद अधिवेशन अन्त्य भएको खण्डमा आफुमाथि अविश्वासको प्रस्ताव तत्काल दर्ता हुने सम्भावना अन्त्य भई सरकार छोड्नु पर्ने अवस्था केही समय पर सार्न सकिने निष्कर्श प्रधानमन्त्री निकट नेताहरुले निकालेका छन् ।

बिहिबार, १८ असार, २०७७, बिहानको ११:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर