विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढेको हो । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जानकारी निगमले दिएको छ।
योसँगै पर्सा लगायत तराईका जिल्लामा पेट्रोलको मूल्य बुधबारबाट ९९.५ रुपैयाँ र डिजेलको मूल्य ८५.५ रुपैयाँ पुगेको छ। काठमाडौं उपत्यकामा भने थप डेढ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।