थप ४६३ जनामा कोरोना, संक्रमितको संख्या १२७७२

विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा आइतबार थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

थप भएका संक्रमितमा मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ६ जना, इलामका १ जना, सुनसरीका १ जना छन् । यस्तै धनुषाका १० जना, महोत्तरीका ५६ जना, डडेलधुराका १ जना, अर्घाखाँचीका ६ जना, दार्चुलाका १ जना, दोलखाका २ जना, गोरखाका १ जना, गुल्मीका ३८ जना, खोटाङका ४ जना, रौतहटका १७ जना , सर्लाहीका १ जना, सिन्धुलीका १ जना, कपिलवस्तुका ८ जना, धादिङका १ जना, ललितपुरका १ जना, बाजुराका ९५ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जना, पर्वतका २ जना, सल्यानका २ जना, तनहुँका ६ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, पाल्पाका २ जना, प्यूठानका ३५ जना, रुपन्देहीका १२ जना, दाङका ३४ जना, रोल्पाका १ जना,रुकूम पश्चिमका १ जना, कैलालीका १७ जनाा र डोटीका १३ जनामा संक्रमण देखिएको थियो ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ परीक्षण भएको छ । अहिलेसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ ।

आइतबारसम्म ३ हजार १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने २८ जनाको मृत्यु भएको छ ।

आइतबार, १४ असार, २०७७, दिउँसोको ०४:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर