वर्षा हुनसाथ ताल बन्यो विराटनगर (फोटो फिचर)

विराटनगर । दुई दिनदेखि परेको वर्षाले विराटनगरको दक्षिण क्षेत्र डुवानमा परेको छ । बिहीबार विहानदेखि आएको पानीको निकास नहुँदा विराटनगरको दक्षिण भेग डुवनामा परेको हो ।

लगातार परेको वर्षाले विराटनगर–१८ आइसिपी अगाडीको एक दर्जन घर डुवनामा परेको छ । पानीको सतह बढेपछि विराटनगर–१८ आइसी भवन अगाडी जमेको पानीमा डुबेर जयपाल मण्डलको ७ वर्षका छोरा अंकुश मण्डलको मृत्यु भएको थियो ।

नगर क्षेत्रका बाटाघाटा जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सवारी साधन कुदाउन र आउजाउ गर्न समस्या भएको छ । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । सडकका ठूला खाल्डामा पानी जम्दा मोटरसाइकल, कारलगायत साना सवारी साधनहरु गुडाउनसमेत समस्या भएको छ ।

सडक किनार र पेटीबाट हिँड्ने पैदलयात्रीसमेत गाडीले हिलो छेप्ने डरले जोगिएर हिँड्नुपरेको छ । विराटनगर क्षेत्रमा भइरहेको सडक निर्माणसगै ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकाश स्थान जलमग्न हुने गरेको छ । पानीले निकास नपाउँदा सडक जलमग्न हुँदा आसपासका स्कुल, अस्पताल, सरकारी कार्यालय र सर्वसाधारणका घरमा समेत पानी प्रवेश गरेको छ ।

एसियाली बिकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गत विराटनगर महानगरपालिका भित्रका सडक कालोपत्रे गर्ने काम सुरू भएयता सामान्य वर्षामा पनि जलमग्न हुने गरेको छ ।

शुक्रबार, १२ असार, २०७७, साँझको ०७:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर