लोड हुँदैछ...

मेनु

अचेत भेटिएकी महिलाको अस्पताल लैजानसाथ मृत्यु, परीक्षण गर्दा कोरोना पुष्टि

अचेत भेटिएकी महिलाको अस्पताल लैजानसाथ मृत्यु, परीक्षण गर्दा कोरोना पुष्टि

विराटनगर। नेपालमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएका विरामीलाई चिकित्सकहरुले मृत घोषणा गरेकोमा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

करिब २५–३० वर्षकी महिलामा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको पहिचान नखुलेको र परिवारसँग सम्पर्क स्थापित गर्ने कोशिस भइरहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।