विराटनगर। नेपालमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।
प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएका विरामीलाई चिकित्सकहरुले मृत घोषणा गरेकोमा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
करिब २५–३० वर्षकी महिलामा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको पहिचान नखुलेको र परिवारसँग सम्पर्क स्थापित गर्ने कोशिस भइरहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

