विराटनगर । नेपालमा पछिल्लो २४ घन्टामा थप ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा थप ११० महिला र ५१९ पुरुषमा संक्रमण देखिएको जानकारी दिइएको हो ।
थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । यस्तै २४ घन्टामा १ सय १४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म २ हजार ३ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडीटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ ।
बुधबार कैलालीमा १०३, झापामा ११, सुनसरी १, मोरङ १, सप्तरी ६, धनुषा २०, महोत्तरी १२, सर्लाही १, वैतडी ४, बाजुरा ७, डोटी ४८, कैलाली ४८, कञ्चनपुर ८६, पर्वत २, रौतहट ४४ र सर्लाहीमा २० संक्रमित थपिएका छन् । यस्तै धादिङ २, काठमाडौं १, चितवन १, तनहुँ १, स्याङ्जा ७, नवलपरासी पूर्व ५, पाल्पा १५, भक्तपुर १, अछाम २३, गोरखा ३, कास्की ४, बागलुङ ९, कास्की ५, लमजुङ ५, पर्वत १, गुल्मी ५, कपिलवस्तु १, रुपन्देही १, बाँके ९, बर्दिया १, दाङ ७६, प्यूठान १०, जाजरकोट १, सुर्खेत १४, दैलेख ४, कालिकोट १ र बाजुरामा १ जना संक्रमित पहिचान भएको छ ।

