लोड हुँदैछ...

मेनु

काठमाडौंलाई नाकावन्दी गर्नुपर्छ

काठमाडौंलाई नाकावन्दी गर्नुपर्छ

कहिलेकाही लाग्छ, यो काठमाण्डौं विरुद्ध जेहाद छेड्नुपर्छ । यसलाई नाकाबन्दी गर्नुपर्छ । अनि चोभारको डाडाँवाट पृथ्वीनारायण साहले गरेजस्तै चौतर्फी आक्रमण गर्नुपर्छ र हाम्रो नेपाल फेरि गोरखामा नै ल्याउनुपर्छ । यो काठमाडौंले अहिलेसम्म काठमाडौं बाहिर नेपाल देख्न सकेको छैन । खाल्डोबाहिर बस्ने जनता नेपाली हुन सकेका छैनन् । लाग्छ, काठमाडौ मालिक हो, हामी उसका दास । राणाशासन, पञ्चायती शासन हुँदै प्रजातन्त्रबाट संघीय गणतन्त्रमा आइपुग्दासमेत यी भ्यागुताहरुको सोच र व्यवहार परिर्वतन हुन सकेको छैन । आज काठमाडौ सातबाट प्रदेश नचाइ रहन्छ, हाम्रा घरआँगनमा आएका सिंहदरबार काठमाडौंकै इसारामा नाच्ने गर्छन् । अनि हामी त्यसैमा ताली बजाएर रमाइरहेका छौं ।

कोभिड–१९ को सन्त्रास सबैतिर छ । तर, कामाडौंमा देखिने कोभिड र बाहिर देखिने कोभिडमा धेरै अन्तर छ । काठमाडौंमा एउटालाई कोरोना देखियो भने महाभुकम्प आएजस्तै हुन्छ । लाग्छ, ठूलै प्रलय भएको छ । बाहिर ५० जनालाई कोरोना देखिँदा काठमाडौंको कानमा बतास लाग्दैन । अनि अहिले सबैको पीँडा काठमाडौं जानलाई हो । अहिले काठमाडौं जानभन्दा यमदरवार जान सजिलो छ । काठमाडौं प्रवेश गर्न गृह मन्त्रालयदेखि वडाका महाराजासम्मकोमा विन्तीपत्र बुझाउनुपर्छ । अनि कोरोना परिक्षणको सर्टिपिकेट गोजीमा हुनुगर्छ । काठमाडौंका महाराजाहरुको मर्जी भयो भने मात्र प्रवेश पाइयो । नत्र सडकमा घण्टौं लावरिस भएर फर्कनुपर्छ । यो काठमाडौं आफूले आफूलाई के सोच्छ खै ? यसको चेतना खुलाउन नसक्नु हाम्रो कमजोरी हो । यसरी अपमानित भएर आफ्नै देशमा बस्नुभन्दा एक पटक काठमाडौं विरुद्ध जेहाद छेड्नु उत्तम हो । तराईमा भारतबाट प्रवेश गर्ने अधिकांश कोरोना संक्रमित आइरहेका छन् । त्यो कुरा काठमाडौलाई थाहा छैन ।

हुन त मेरो प्रदेश सरकारको नाम पनि काठमाडौंले राखिदिने अरे । मेरा प्रदेशका दुईतिहाई माननीयहरु आफ्नो प्रदेशको नाम कोसी–किराँत राख्न चाहन्छन् । तर, काठमाडौंलाई त्यो नाम मन परेको छैन् । किराँतीको सुपुत्र मेरा मुख्यमन्त्री यहाँनेर मुख खोल्न सक्ने अवस्थामा हुनुहुन्न । अलिदिन अघि काठमाडौंको हिसाबकिताव मिलाउन उहाँको पनि विकल्प खोजिदै गरेका खबर सडकमा आएका थिए । त्यही भएर पनि होला बैगुनी काठमाडौंसँग लड्न हाम्रा मुख्यमन्त्रीहरुले खुट्टा कमाउनु भएको होला । प्रदेश २ का मुख्यमन्त्रीले काठमाडौ विरुद्ध जेहाद छेड्ने घोषणा गर्नुभएको थियो । तर, त्यो पनि धेरै समय टिकेन । अहिले उहाँ काठमाडौंसँग मौन हुनुहुन्छ । सायद उहाँ अमेरिका जाने कुरा काठमाडौंलाई मन नपरेपछि उहाँको मुख पनि बन्द भएको हुनसक्छ । बेला–बेला गण्डकीका मुख्यमन्त्री काठमाडौ विरुद्ध खरो उत्रनुहुन्छ, त्यो उहाँको साहस हो । यदि सातै प्रदेशका मुख्यमन्त्रीले काठमाडौलाई नाकाबन्दी गर्ने हो, भने काठमाडौंको चेत खुल्नसक्छ । नत्र राणाकाल, पञ्चायती शासन, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा काठमाडौंको न सोच परिर्वतन भएको छ न त व्यवाहार नै ।

विराटनगरका मेयर भिम पराजुलीले आफ्ना नागरिकलाई काठमाडौंबाट ल्याउने र यहाँबाट काठमाडौं जान चाहनेहरुलाई केहि समयअघि बसमा हालेर पठाउने व्यवस्था गर्नुभयो । तर, काठमाडौंलाई त्यो कुरा मन परेन । एउटा महानगरपालिकाले पठाएका जनतालाई काठमाडौंले घण्टौंसम्म सडकमा तड्पायो । यो सानो उदारण मात्र हो । यस्ता धेरै घटना छन्, जसले काठमाडौं बाहिरकालाई कहिले आफ्ना नागरिक नठानेका । काठमाडौंलाई दाल, चाम, नुन, तेल र पेट्रोल डिजेलदेखि ग्याँससमेत तराईबाट जान्छ । तर, नागरिक भने जान नपाउने यो कस्तो बैगुनी काठमाडौं ।
देशको प्रमुख कार्यकारी, राष्ट्रपतिदेखि अर्थमन्त्रीसम्म प्रदेश १ कै बासिन्दा हुनुहुन्छ । तर, त्यो खाण्डोमा पसेपछि सबैथोक काठमाडौं नै देख्ने राणाकालिन सोच उहाँहरुमा पनि छ । बजेट आउँछ, त्यहाँ प्रदेशको अनुहार त्यहाँ देखिदैन । सबै चुप लाग्छन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङबोले आँटै गरेर काठमाडौं विरुद्ध बोल्नुभयो । बजेटले संघीयता र प्रदेश सरकारलाई कमजोर बनायो भन्नुभयो । त्यो आँटलाई मान्नुपर्छ । त्यसैले होला काठमाडौंलाई प्रदेशको अर्थमन्त्री पनि मन परेको छैन् अरे । हाम्रो सोच काठमाडौंले दिने र हामीले माग्ने भन्ने छ । यसबाट मुक्त हुन नसक्नु विडम्बना हो ।

आज विदेशमा कोभिड–१९ को सन्त्रासमा लाखौं नेपाली एयरपोर्टमा एक छाक खाएर मृत्युसँग लडिरहेका छन् । उनीहरुका आँसु एकै ठाउँ भेला पार्ने हो भने त्यहाँबाट बगेर नेपाल आइपुग्ला । तर, काठमाडौं उनीहरुलाई ल्याउन चाहदैन । त्यसको एउटै कारण हो, उनीहरु काठमाडौंका बासिन्दा हैनन् । अनि उनीहरुलाई ल्यायो भने काठमाडौ रोगी हुन्छ रे ।

अब हाम्रो सोचको कुरा गरौं । काठमाडौंबाट जुन दर्जाको नेता आउँदा पनि हामी फुलका माला लिएर एयरपोर्टमा लम्पसार हुनपुग्छौं । गाडीका लाइन लाग्छन् । अनि हामीचाही यहाँ आफ्नै पार्टीका नेताका कुरा चिया पसल बसेर काट्छौं । एक पटक सोचौं त तपाईहामी काठमाडौं जाँदा कस्ले हामीलाई एयरपोर्टमा लिन आएको हुन्छ । उल्टै भेट पाउनका लागि विन्ती चढाउँदा पनि निलो अनुहार लगाएर फर्कनुपर्ने बाध्यता सबैमा छ । हुन त हामीले संघीयता पाएका छौं । तर, हाम्रो वडाअध्यक्षको टिकट पनि काठमाडौंकै गोजीमा हुन्छ । त्यसैले होला हामीलाई पनि मर्ने बेलामा भएपनि काठमाडौंमा एउटा घर चाहिएको छ । अरु केहि नपाएपनि काठमाडौको पशुपति आर्यघाट त पाइएला । यो सोचबाट हामी कहिले मुक्त हुने ?

26 प्रतिक्रियाहरू

26 प्रतिक्रियाहरू

पवन न्यौपाने
June 21, 2020 1:31 PM

सोच र लेख सकारात्मक छ । सतीले सरापेको देशमा खै के होलार ?

सब्द
June 21, 2020 3:58 PM

यो केवल संकीर्ण सोच भयेको काठमाडौंमा पाइलानै नटेकेको कुनै पाखे सोच भयेको नश्लिये को लेख हो दाजु। काठमाडौं मा बस्नु अनि थाहा हुन्छ के हो काठमाडौं र त्येस्का पिडा। काठमाडौंमा र नेपालमा साशन गर्ने को काठमाडौं को छ?

Prem Dheer
June 21, 2020 4:58 PM

Very heart touching and true. We need a big change in politicians. Thanks for your article.

Dinesh maharjan
June 21, 2020 5:43 PM

काठमान्डौ कस्तो र कसरि एउटा सम्पन सहर हो भन्ने बारेमा अधेन गरेका छेऊ इतिहाँस ठाहा छ ? र तिमीहरु जस्ता संक्रमित सोच भएका मान्छे हरु बस्न आएर काठमान्डौ लाइ कुरुप बनाएको हो | होइन यो घिमेरे ले किन सिधै नेताहरुको बारेमा बोल्न नसकेको हँ ? मौका मिल्यो भन्ने आफै काठमाडौँ भाते भयर बस्न आउने होला अहिले काठमान्डौ लाई नाकाबन्दी गर्नु पर्छ भनेर लेख लेख्ने ?

डा. सुवन् वज्राचार्य
June 21, 2020 7:45 PM

लेखकको प्रस्तूति, धेरै जसो अन्य देसहरुको प्रवृतिको नमुना हो। तर नेपालको येँ (काठमाडौँ), येँ महानगरको स्थिति हो
येँ महानगर, बाहिरियाहरुले राज गरेको राजधानि हो। यस्तो सत्य तत्थ्य नबुझ्ने अरु एक बाहिरियाको कम्प्लेन् को लेखन भएदियाछ यो पत्र। येँ महानगर पालिकावासि नेपाःःमि (मूल नेपालि) हरु आफ्नै सहर राजधानि भएपनि, सरकार बाट उपेक्षित भएको प्रदेस बनेको छ। सिंहदरबार वासि, त्यसका सम्बन्धित बाहिरिया शासक र उन्का सहयोगीहरु बाहेक साधारण येँ वासिले राजधानि आफ्नो मूलभूमि भएपनि, आफुले पाउनु पर्ने अधिकार पाउन सकेका छैनन्।

Kumud Shrestha
June 22, 2020 3:25 AM

Lila Ballav Ghimire jee,
You are very foolish persons. Because, if you have dissatisfaction with Government, please say government or at least Singh Durbar. Because people in Kathmandu are also looking for their rights. In widening roads in Kathmandu, Aboriginals of Kathmandu lost their land without any compensation. For Poor’s, the land was only earnings of 100 years or several generation. If you say only “Kathmandu”, your words hurt to them. Therefore, please beg pardon for nonsense writing. If not you are free to write and do whatever you want. Or do whatever you like.

उदय शिलाकार
June 22, 2020 5:00 AM

के देश भरी नै काेराेना फैलियाेस् भन्ने चाहना हाे ? अरू बेलामा त केकाे राेकटाेक थियाे र ? यदि प्रदेश सरकारले चाह्याे भने त प्रदेशकाे हीतमा जे पनि निर्णय गर्न पाउनु पर्दछ । रह्याे नाकाबन्दिकाे कुरा रैथाने बाहेक सबै बाहिर निकालेर गरे हुन्छ, अँँाट छ ?

Sanu
June 22, 2020 11:19 PM

Sakchas vane garera dekha👏👏👏👏👏

Newa
June 23, 2020 11:23 AM

Sakcha bhaney afno afno gaun banayara dekha jaha gulio tehi bhulio. Kathmandu auncha yeha pani bhayana bhaney bidesh ani afno thau ko maya lagdaina? Timi haru ley banayako kathmandu hoina yo history hera. Kathmandu basi haru yak jut huna nasakey ra ho yeti bhanney himmat gareko. Aba ta kathmandu basi haru ley ziyad garney bela bhaisakyo ra garcha pani samaya ley dekhau cha

Bhupendra
June 23, 2020 9:08 AM

एकदम सही कुरा, त्यति गर्ने आँट कसैले गर्छ भने सलामै ठोक्छु म ! जोजोला:पा ! शुभ य

रामेश्र्वर मिश्रण श्रेष्ठ
June 22, 2020 5:29 AM

सायद काठमाडौ झरेका सबैले काठमाडौंमा बाह्रै महिाना असार हुन्छ भनि ठान्दाे हाे र त…………

खेताला सबै
काठमाडौ झरेछ
घर राेपेछ

नरेन्द्र भट्टराई
June 22, 2020 5:38 AM

यो सहि बिश्लेशण गरिएको लेख मन पर्यो अनि मैले जस्तै काठमाडौ छोडेर बेचेर गाउँ लाग्ने हिम्मत आट सबैले गर्नु पर्यो नि।

प्रकाश निर्मल
June 22, 2020 5:55 AM

शासकहरु बसेर शासन गर्ने राजधानी नै काठमाडाैं बाहिर सार्न कसैले अावाज उठाउन सक्दैनन् । किन हाे खाेई ? किन काठमाडाैंकाे हैकम मात्र मान्ने ? प्रदेशहरु काठमाडाैंलाई मात्र धारे हात लगाएर सरापेर जेहाज छेडेर के नै हुन्छ र ? साशकहरु, काठमाडाैं बाहिर नेपाल नै नदेख्ने, काठमाडाैं बाहिरकालाई जनता नै नदेख्ने तिनै काठमाडाैं बाहिरबाट अाएका साशकहरु नै हुन् । त्यसैले काठमाडाैंलाई जेहाड छेड्ने नै हाे भने प्रमुख लक्ष राजधानीलाई उपत्यका बाहिर निकाल्नै पर्छ । बल गर्नुस् प्रदेश १ मन नै हाेस् ।

विनय राजभण्डारि
June 22, 2020 8:56 AM

काठमाण्डाै बारे यतिसाराे नकारात्मक साेच छ भने नअाउनुनि यता। कुरा रह्याे काठमण्डाै प्रवेश मा राेक, याेे किन अावश्यक छ भने यहाँ ७७ जिल्लाका मान्छे अाउछन बस्छन ब्यापार गर्छन। हाे ती ७७ जिल्लाका अन्य सामनजिक संक्रमणबाट राेक्न। देशमा अलिकति केही भयाे कि काठमाण्डाैबाट अाअाफनाे ठाउमा फर्कने चलनले यसरी सामनजिक संक्रमण फैलन्छ भनेर काठमाण्डाैंलाई बराबर थुन्नु परेकाे हाे। यसरी थुन्दा काठमाण्डाै बासिलाई कति गाह्राे छ भनेर यहिकै रैथानेलाई मात्र थाहा छ। लु त काठमाण्डु बन्द गरेकाे मन पर्दैन भने, यहाका ७७ जिल्लामा अागन्तुक क्षणभरमा कराेड कमाउन अाउनेलाई तेतै पठाउन, अनि त काठमाडौं लाई कहिले बन्द गर्नै पर्दैन। तर याे हुन सक्दैन, किन भने काठमाण्डाैले कहिले पनि अाउनेलाई राेकेन। व्यापार गर्न दिए, कमाउन दिए। अब भन्नुस के काठमाण्डाै बन्द गरेर ठिक गरेन त।

shyam k khulimuli
June 22, 2020 9:37 AM

sakchha bhane ktm basne netaharulai khabardari garau, bikash ktm bahira garna dabab diu. tara ktm lai gali nagarau. ktm ko dukha ktm basnelai matra thaha chha.

कृष्ण मानन्धर
June 22, 2020 11:36 AM

दोष जति सत्ताले गर्ने , राज्यसत्ताले गर्ने ! यो राज्यसत्तामा २५० वर्षदेखि कसको हालीमुहाली छ ? काठमाडौ बाहिरकाहरुको !
राज्यको स्रोत साधनहरुमा कसको ब्रम्हलूट छ ?????
काठमाडौ बाहिरकाहरुको !
राज्यसंयन्त्र कसको हालीमुहाली छ ???
काठमाडौ बाहिरकाहरुको !
अनि दोष काठमाडौवासिलाई !!!
तेरो आँखा फुट्याछ !
तेरो कान बहिरो छ !
तेरो मुख एकल नस्लवादी छ , जो सधैं असत्य सत्य र सत्यलाई असत्य बनाउन मात्र बोल्छ !

शाक्य सुरेन
June 22, 2020 11:49 AM

लेखक लिला बल्लभ घिमिरेले किन काठमाण्डौलाई दोष दिनु हुन्छ र सिंहदरबारको उच्चारण गर्न सक्नुहुन्न ? सिंहदरबारबाट हामी पनि आजित छौं । आउनुस्, सबै मिलेर घेराबन्दि गरौं ।

यलक्वंदाःथाय् क्वह्वयाच्वंम्ह
June 22, 2020 12:07 PM

काठमाडौँ प्रति घृणा ओकेल्नेहरूले हाम्रो नेपाल मण्डललाई मुक्त गर्ने हेक्का राख्नुपर्छ !
लीलावल्लभ घिमिरे नामक यौता मान्छेले यस्तो अभिव्यक्ति दिएको छ कि मानौँ काठमाडौँको जन्ताले राजधानी यहाँ राख् भनेर विनती पत्र दिएर आन्दोलन गरेर राजधानी यहाँ सारेको हो । “अनि चोभारको डाडाँवाट पृथ्वीनारायण साहले गरेजस्तै चौतर्फी आक्रमण गर्नुपर्छ र हाम्रो नेपाल फेरि गोरखामा नै ल्याउनुपर्छ ।”? नेपाल भनेको गोरखामा कहिले पनि थिएन । इतिहास गएर पढ्नुस् गोर्खालीहरूको उपनिवेश अगाडी नेपाल भनेकै नेपाल मण्डल र नेपाल उपत्यका हो ।
काठमाडौँको कुनै पनि जन्ताले यहाँ राजधानी बनाएको हैन, यही नेपाल उपत्यकामा उपनिवेश जमाउन यहाँको धन विलाशमा मोज मस्ती जमाउन यहाँ राजधानी राखिएको हो । राजधानीको कुनै पनि निकायमा यहाँका आदिवासीहरूको हालीमुहाली छैन । देशको कुनै पनि निकायमा काठमाडौँको आदिवासीहरूको हालिमुहाली छैन । यही औपनिवेशिक राज्यको सुरुवात भएपछि आफ्नो सेना बनाउन ल्याइएका, तिम्रो समुदायको हिन्दु रीति लाद्न ल्याएका खस-आर्य बाहुन पुरुषहरूकै हालुमुहाली छ ।
झापाबाट आएको प्रधानमन्त्री अनि मन्त्रीमण्डल र राष्ट्रपति सबैमा तपाइँकै समुदायको मानिसहरू छन् । “आज काठमाडौ सातबाट प्रदेश नचाइ रहन्छ, हाम्रा घरआँगनमा आएका सिंहदरबार काठमाडौंकै इसारामा नाच्ने गर्छन् ।” – ए! त्यसले काठमाडौँवासीहरूको घरगल्लीमा डोजर चलाइन्छ र हामीलाई सुमबासी बनाउने षड्यन्त्र गर्छ । लीलावल्लभ घिमिरेजी, यदि काठमाडौँले राज गरेको हो भने आज हामी तपाइँहरूको यो भाषा होइन हाम्रो नेपालभाषामा सम्पूर्ण देशको कामकाज चलाउँथ्यौँ । यदि काठमाडौँले राज गर्ने हो भने हाम्रो घरमा डोजर चलेर हाम्रो बस्ती बस्ती नै नामेट हुने अवस्था आउँदैनथ्यो । यदि काठमाडौँले राज गरेको थियो भने तपाइँ र तपाइँको पुर्खा एवं सन्ततीले नेपालभाषामा बोल्न रञ्जना लिपिमा लेख्न नआएर विचल्ली परेको हुन्थ्यो होला र जसरी आज तपाइँको समुदायले हाम्रो बालबच्चाहरूलाई आफ्नो मातृलवज निकाल्दा गिज्याउँछ, तपाइँको बालबच्चाले हाम्रो लवज निकाल्न नसकेर गिजिनुपर्थ्यो होला ।
सिङ्घ दरबार काठमाडौँमा राखेर काठमाडौँले राज गरिएको हैन, इतिहास पल्टाउनुस्, काठमाडौँमा राज गर्नको लागि यहाँ राजधानी राखिएको हो । के काठमाडौँको राजाले दुनियाँको नाक कान काटेर बलाद्कार हत्या हिंसा गरेर कब्जमा ल्याएको हो ?
“हुन त मेरो प्रदेश सरकारको नाम पनि काठमाडौंले राखिदिने अरे ।” – काठमाडौँले तपाइँको प्रदेशको नाम राखिदिने भए काठमाडौँ आफैमा येँ कहलिन्थ्यो, हाम्रो गल्ली गल्लि चोक भित्र घुसेर तपाइँको भाषामा स्थाननामको न्वारण हुँदनथ्यो । हामी काठमाडौँवासी पनि स्वयत्तता र मुक्ती चाहन्छौँ, आफ्नो भाषा संस्कृति नै गुमाएर बस्नुपरेको छ, तिमीहरूको भाषा बोलिराख्नुपरेको छ, तिम्रो समुदायको मान्छेले सिङ्घ दरबारबाट हामी माथी राज गरेको छ, तिम्रो समुदायको मान्छेलाई चित्त नबुझेर हाम्रो टोलटोलको नाम फेरिदिएको छ, तिम्रो समुदायको मान्छेले हाम्रो घरघर डोजर लगाएर तित्तरबित्तर पारेको छ ।
सक्नुहुन्छ भने यहाँबाट राजधानी हटाऔँ । हामीलाई हाम्रो नेपालमणडल आफै स्वशासित स्वायत्त राज्य बनाऔँ । तपाइँको ठाउँको निर्णय तपाइँ आफै गर्नुहोस् । काठमाडौँकै भूमीमा नेवारहरूबाट हड्पेको जग्गामा सिङ्घ दरबार ठडाएर तपाइँकै समुदायको मानिसहरू हामी माथी राज गर्दैछन् र यसबाट हामी पनि मुक्ती चाहन्छौँ ।

Bijaya shakya
June 22, 2020 7:51 PM

राम्रो कुरा लौ लैजान न राजधानि जता मन छ त्यहीं हामीपनि आजित भैसकेछौ! काठमाडौ बासि को नाम मा बाहिरे का सासन ! कथै !!

Vikram pahari
June 22, 2020 10:11 PM

Kathamdnu Lai gorkhali le 245 saal raaj garera dhwostha gareko dekhdaina, ultai kathandu Lai dosh dincha. Kasto murkh. Thuikka.

Subhash Shrestha
June 22, 2020 10:15 PM

लेखक ले नेता लाई भनेका हुन कि काठमाडौंबासी लाई भनेका हुन…बुझ्न सकिएन । यदि काठमाडौंबासी लाई भनेका हुन भने लेखक ले के पनि बुझौ भने…कमाउन, भबिश्य सपार्न, सपना साकार पार्न, घर घडेरी ठड्याउन चाहिँ काठमाडौं आउने, चाहिने…अनि भुकम्प, कोरोना आउदा काठमाडौं छोडेर भाग्ने हरु ले यस्तो कुरा गर्न सुहाउला र !!?!! तर नेतालाइ वा नेताको आँखा नपुगेको बिषयमा भनेका हुन भने त जतिसुकै नाकाबन्दी गर्नुस, जतिसुकै जेहाद छेडनुस…हाम्रो कुनै आपत्ती छैन…किनकी यस्ता स्वार्थी, मतलबी र हुतिहारा नेताहरु बाट काठमाडौं र काठमाडौंबासीहरु बिगत २५० बर्ष देखि नै आजित र पिडित भएर बसेका छन ।

lilaballav ghimire
June 25, 2020 9:47 PM

मेरो भावनालाई तपाईले वुझ्नु भएछ । जनतालाई के भन्नु मैले भनेको नेतालाई नै हो सिंहदरवार काठमाण्डौंमा भएकाले मात्र यो शब्द प्रयोग भएको हो ।

Bibek Shrestha
June 22, 2020 11:57 PM

लीलावल्लभ घिमिरे paunu bhayo ta jawaf. Tapai haru jasta bawun ra chettri le garda ho hamro Kathmandu lai yesto ghinlagdo banayako ho. Tapai haru awashar badi ho. Paisa kamauna Kathmandu chiryo, ani Kathmandu ma kehi bhai halyo bhane lusuka musa jasto afno Jella bhagyo. Laaj pacheka khecha haru.

Balkrishna Dulal
June 23, 2020 10:58 AM

pakhandi soch raixa timro timi athawa timrai aafanta yehi kathmanduma basera aafno bhabisye banayou ra aaja hamilai nai nakabandi garne kura garxau? pagal garera dekhau ta kasari gardo raixau yetikai Bahun haru badnam bhaka hainan timijasta chor bahun ko karan aru bahun pani badnam bhakaxan

Loojaw
June 23, 2020 12:32 PM

Lilaballav ghimire! Kathmandu Kunwa hoina ra kathmandu basi kunwa ko bhyaguta hoina! yo bhanera tan tainle afno Jaat dekhai chodis. Tan jasto pakhandi mujji lovi baun haru lai ke tha Kathmandu ta parapurvakal dekhi uchhastariye shipmulak, sanskrityko dhani kaile pani kasaiko magera nakhane. Tai dekhera nai Prithvi narayan ko pala dekhi timi haru jasto pakhandi haru ko ankhan lageko ra aile samma ni lagekai cha. Baru timi haru chain Bahira bata ayeko Jukka ho Jukka MUJJI!

विकास श्रेष्ठ
June 23, 2020 2:07 PM

लिलावल्लभ घिमिरे भन्ने याे ब्वाँसाेले काठमाडाैं उपत्यकाकाे इतिहासै अध्ययन नगरी ट्रायलकाे रुपमा याे लेख लेखेर सामाजिक सञ्जालमा कस्ताे प्रतिक्रिया आउला भन्ने निकृष्ट साेच लिएर लेखेकाे छ। काठमाडाैंं नाकाबन्दीकाे ‘जेहाद’ छेड्न चुनाैती दिन्छाैं, सक्छाै?

प्रतिक्रियाहरू बन्द छन्।