प्रदेश नं. १ बाट एकैदिन ४० जना कोरोनामुक्त

विराटनगर/प्रदेश नं. १ बाट आज एकैदिन ४० जना कोरोना सङक्रमितहरु निको भई डिस्चार्ज भएका छन ।

मोरङ्गको गोठगाँउ स्थित पुर्वाञ्चल विश्वविद्यालय आइसोलेशन उपचार केन्द्रमा उपचाररत १ सय १६ जना कोरोना सङक्रमितहरुमध्ये ४० जना निको भई डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङ्गका ९ र भोजपुरका ४ जना गरि १५ देखि ४७ बर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । आज डिस्चार्ज हुनेहरुलाई प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैचाका नगरपालिकाका प्रमुख शिव ढकाल र उपप्रमुख धना तामाङ लगायतले बिदाई गर्नुभयो ।

अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई बिदाई गर्नुहुँदै मन्त्री घिमिरेले प्रदेश नं. १ मा आयातित सङक्रमण मात्रै भएको बताउनुभयो । प्रदेश नं. १ मा कोरोना सङक्रमण अन्त्यको आधार तय हुँदै गएको जिकिर गर्नुहुँदै उहाँले चाँडै नै कोरोना नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो ।

आज डिस्चार्ज भएका ४० जना सहित प्रदेश नं. १ बाट भने डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ ।

बिहिबार, ०४ असार, २०७७, दिउँसोको ०४:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर