विराटनगर । प्रदेश १ सरकारले प्रदेश सांसदहरुमार्फत खर्च गर्ने सांसद विकास कोषको बजेट घटाएको छ ।
आज प्रदेशसभामा आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोले सांसद विकास कोष भनेर चिनिने प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट घटाएको हो ।
चालू आर्थिक वर्षमा प्रदेशका ५८ वटा निर्वाचन क्षेत्रको लागि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा आगामि आर्थिक वर्षका लागि २ करोड छुट्याइएको छ । यस्तै चालू आर्थिक वर्षमा ९३ जना प्रदेशसभा सदस्यहरुमार्फत खर्च हुने ५० लाख रुपैयाँ दरको कार्यक्रममा वृद्धि गरि १ करोड पु¥याइएको छ ।
गत आर्थिक वर्षमा प्रदेशमा समानुपातिक सांसदहरुले बजेटमा आफूहरुलाई विभेद भएको भन्दै चर्को आवाज उठाएपछि चालू आर्थिक वर्षमा उनीहरुलाई पनि समेट्ने गरी ५० लाखको दरले बजेट विनियोजन गरिएको थियो ।
प्रदेश सरकारले आगामि आर्थिक वर्षमा समग्र यातायात तथा पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्याएको छ ।