लोड हुँदैछ...

मेनु

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १९ पुग्यो

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं। गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

रेसुङ्गा नगरपालिका –९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।

स्वास्थ्य गम्भीर हुँदै गएपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएकी थिइन् । तर, कोसिस गर्दागर्दै पनि उनलाई बचाउन नसकेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । उनको शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको उहाँको भनाइ छ ।

भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि उनलाई तम्घासमा रहेको आसोलेसनमा राखिएको थियो ।

आन्द्राको क्यान्सरबाट पीडित रहेका उनमा रक्तअल्पताको समस्या देखिएपछि उपचारमा खटिएकी स्वास्थ्यकर्मीले रगत दिएकी थिइन् । उनको ३ पटकसम्म गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो ।

उनीसँगै कोरोना पुष्टि भएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल भने निको भएर काममा फर्केका छन् । गुल्मीका मदाने गाउँपालिका एक जनाको यसअघि कोरोनाबाटै मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।