लोड हुँदैछ...

मेनु

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो

विराटनगर । कोरोना भाइरसको संक्रमणबाट शुक्रबार थप २ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु कोरोनाबाट मृत्यु भएको हो ।

दुबै जनाको मृत्युपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।

यस्तै बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुवै टेस्ट पोजेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।